images
images
  • एनआरएनए उपाध्यक्षमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीको उम्मेदवारी

    काठमाडौं-गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा अष्ट्रेलिया निवासी एक सफल व्यवसायीले उम्मेदवारी दिने भएका छन् ।संघको आगामी कार्यकालको लागि समाजसेवी धर्मराज अधिकारीले उम्मेदवारी दिने भएका हुन् ।

    नेपालबाट अध्ययन र व्यापारको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा स्थापित पात्रको रुपमा परिचित छन् ।

    अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएन लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सिप तथा ज्ञानको प्रवर्धन गर्ने महत्वपूर्ण अजेण्डा सहित उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको बताए ।

    निकै मिलनसार र भद्र व्यक्तित्वको रुपमा अष्ट्रेलियमा परिचित अधिकारीले केही अनलाइन मिडियाले आफ्नो नाम विना अनुमति कुनै अर्को प्यानलमा जोडिए पछि दुःख मनाउ गरेका छन् ।

    अधिकारीले भविष्यमा प्रष्ट कार्ययोजना सहित निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन् । उनी अध्यक्ष प्रत्यासी डा। बद्री केसी निकटवर्तीको रुपमा चिनिन्छन् ।

    संघको महाधिवेशन यही अक्टोबर २३ देखि २५ तारिख हुदैछ भने ८० देशभन्दा बढीका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ । संघको नेतृत्वको लागि अनलाइन मतदान गर्ने तयारी गरिएको छ ।
    नुवाकोटको तारुकामा जन्मिएर लामो समयदेखि अस्ट्रेलियालाई कर्मस्थल बनाउँदै आएका उनले आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए ।

    एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकका रूपमा आफूले सफलतापूर्वक कार्य सम्पादन गरेको बताउँदै विदेशमा रहेका नेपालीहरूको आवाजलाई देशसम्म र नेपालको समृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनको भनाई छ ।

    एकतामा नै बल हुन्छ र यसले नै एनआरएन अभियानलाई अघि लैजान्छ भन्ने कुरालाई आत्मसाथ गर्दै आफूले लहडमा नभई एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा अस्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न पनि उम्मेदवारी दिने निर्णय गरेको विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

    अधिकारीले दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, नलेज एण्ड इनोभेसन सहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेन अभियानमा योगदान दिने आफ्नो योजना रहेको कुरा पनि उल्लेख गर्दै उपाध्यक्षका रुपमा विगतमा जस्तै सबैको सहयोग रहनेमा विश्वास व्यक्त गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images