सुनसरी- बाँदरलाई हान्दा बन्दुकको छर्राले नातीलाई लागेपछि हजुरबुवा पक्राउ परेका छन् ।
गत मंगलवार सुनसरीको बराहक्षेत्र १ का ६३ वर्षीय बरम बहादुर राईले बाँदरलाई हानेको बन्दुकको गोलीबाट छर्रा लाग्दा १३ वर्षीय नाती अभिषेक राई घाइते भएका थिए ।
घाइतेलाई उपचारको लागि अस्पताल लगेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले राईलाई साउन २७ गते मोरङबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउपछि सोधीखोजी गर्दा १ नाल भरुवा बन्दुकसमेत राईको घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बन्दुकसहित पक्राउ परेका राईलाई प्रहरीले जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















