images
images
  • बलोन डी’ओरको दौड: केन, एम्बाप्पे र यमाल अगाडि, रिङ आउट छन् कीर्तिमानी क्रिस्टियानो रोनाल्डो

    काठमाडौं– अबको १० दिनपछि यस वर्षको उत्कृष्ट फुटबलर को हुन् भन्ने टुङ्गो लागिसकेको हुनेछ । अक्टोबर २६ मा घोषणा हुने बलोन डी’ओर अवार्डको विजेताका लागि धेरै पण्डितहरूले लख काटिसकेका छन् ।

    यस वर्ष भएको विश्वकपको फाइनलमा अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेनले विश्वकप फुटबलको उपाधि जितेको थियो । सोही उपाधिका कारण धेरै जना स्पेनिस फुटबलर घोषित ३० जनाको ‘सर्ट लिस्ट’ मा हुनु स्वाभाविक हो । तर यसको मतलब यो होइन कि स्पेनिस खेलाडी नै यस वर्षको उत्कृष्ट खेलाडी हुनेछन् या भनौं बलोन डी’ओर अवार्ड पाउनेछन् ।

    अहिले धेरै बेटिङ अडमा इङ्लिस स्टार हेरी केनले अन्यलाई पछि छाडेका छन् । आफ्नो टोलीलाई विश्वकप सेमिफाइनल प्रवेश गराएका उनले वायरन म्युनिखका लागि समेत उत्तिकै सानदार प्रदर्शन गरेका छन् । उनको प्रदर्शनमा अस्थिरता छ । यसकारण पनि उनी धेरै पण्डितहरूको नजरमा छन् । अहिलेसम्मको रेसमा सबैभन्दा अघि पनि उनी नै छन् ।

    लमिन यमालले विश्वकप फुटबलमा अपेक्षाकृत धेरै गोल गर्न सकेनन् । साउदी अरेबियासँगको खेलमा उनले गोल गरेका थिए । सोही गोलपछि उनी पेलेपछि विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको रूपमा आफूलाई उभ्याउन सफल भएका थिए ।

    यसपछि नेसन्स कपमा स्पेनको राष्ट्रिय टोलीको तर्फबाट तथा च्याम्पियन्स लिग र स्पेनिस ला लिगामा बार्सिलोनाका लागि उनले उत्तिकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

    ballon Dor cup

    विश्वकप फुटबलमा फ्रान्सलाई सेमिफाइनल प्रवेश गराउने क्रममा केलिएन एम्बाप्पेले कीर्तिमानको ओइरो नै लगाए । उनले यस संस्करणको १० सहित कुल २२ विश्वकप गोल गरे । यो आफैंमा कीर्तिमान हो । सन् १९७० मा गर्ड म्युलरपछि एकै विश्वकपमा १० गोल गर्ने उनी पहिलो खेलाडी हुन् ।

    विश्वकपको नकआउट चरणमा उनले कुल १४ गाले गरेका छन् । यो आफैंमा विश्व कीर्तिमान हो । एम्बाप्पे लगातार दुई पटक गोल्डेन बुट जित्न सफल भए । विश्वकप फुटबलमा यो पनि एउटा कीर्तिमान हो । अहिले रियल म्याड्रिडका लागि पनि उनले त्यस्तै उत्कृष्ट खेल खेलिरहेका छन् ।
    यस वर्ष चर्चाको शिखरमा स्पेनका होल्डिङ मिडफिल्डर रोड्री रहे । मैदानमा प्रभाव जमाएर खेलको दिशा मोड्न सक्ने उनको सेरोफेरोमा टोलीको प्रदर्शन घुम्ने गरेको छ ।

    तथापि गत वर्ष उनले धेरै समयमा चोट बोकेर बिताउनु परेको थियो । तसर्थ विश्वकप फुटबलका गोल्डेन बल जित्नुका बाबजुद उनीभन्दा अन्य खेलाडीलाई हकदार मानिएको हो । यस वर्ष मनोनयनमा परेकामध्ये उनी एक उत्कृष्ट खेलाडी हुन् भन्ने कुरामा कुनै विवाद रहँदैन । उनी यसै वर्ष म्यानचेस्टर सिटी छाडेर बार्सिलोना पुगेका छन् । यो वर्षको ट्रान्सफर मार्केटको यो सबैभन्दा चर्चाको विषय बनेको थियो ।

    गत वर्ष युरोपेली च्याम्पियन्स लिगको उपाधि रक्षा गरेर पेरिस सेन्ट जर्मन (पीएसजी) ले सबैलाई आश्चर्यमा पारेको थियो । सन् २०२४-२५ मा च्याम्पियन्स लिग जितेको पीएसजीका स्टार डेम्बेले सन् २०२५-२६ मा घाइते भए र पहिलाको झैँ प्रदर्शन गर्न सकेनन् । तथापि उनले चोटबाट फर्केर आए पनि आफ्नो क्लबको उपाधि जोगाउन सफल भए । विश्वकपमा फ्रान्सको सेमिफाइनल यात्रामा उनको ६ गोल समावेश थियो । सो ६ गोलमा एक ह्याट्रिक समावेश थियो ।

    यसभन्दा अघि ८ पटक बलोन डी’ओर अवार्ड जितेका सुपर स्टार लियोनेल मेस्सीले अर्जेन्टिनालाई सन् २०२६ को विश्वकपको फाइनलमा प्रवेश गराए । साथै उनले गोल्डेन बुट पनि जिते । यस वर्षको विश्वकपमा त मेस्सी भरपूर छाएका थिए । उनले कुल ८ गोल गरे । उनकै कारण अर्जेन्टिनाले फाइनलको यात्रा तय गरेको थियो ।

    कुन देशका कति ?

    ballon Dor nominnee 2026

    यस वर्ष मनोनयनमा पर्नेमा स्पेनका ६ खेलाडी छन् । यमाल र रोड्रीबाहेक फेरान टोरेस, पाउ कुबेरसी, फाबियन रुइज र मार्क कुकरेला मनोनयनमा परे ।

    यस वर्ष दक्षिण अमेरिकी खेलाडीको खासै प्रभाव देखिएको छैन । ब्राजिलको तीन खेलाडी मनोनयनमा परे । जसमा गाब्रियल, भिनिसियस जुनियर र मार्केन्यस छन् । अर्जेन्टिनाका लाउटारो मार्टिनेज र मेस्सी मनोनयनमा परे । कोलम्बियाका लुइस डियाज मनोनयनमा परेका छन् । इक्वेडरका विलियम पचाओ पनि मनोनयनमा परे ।

    स्पेनपछि धेरै खेलाडी मनोनयनमा पर्ने देश फ्रान्स हो । एम्बाप्पे र डेम्बेलेका अलावा माइकल ओलिसे, डायट उपाकायनो र विलियम सालिबा पनि मनोनयनमा परे ।

    पोर्चुगलका चार खेलाडी मनोनयनमा परे । जसमा ब्रुनो फार्नान्डेज, नुनो मेन्डेस, भिटिन्हा र जाओ नेभास रहेका छन् । इङ्ल्यान्डका केनको साथमा जुड बेलिङघम र डेकलन राईस मनोनयनमा परेका छन् ।

    नर्वेका एर्लिङ हलान्ड, मोरक्कोका अस्राफ हाकिमी, जर्जियाका किभिचा भारतसाकलेलिया, सेनेगलका साडियो माने र मेक्सिकोका जुलियन क्युनोनेस पनि मनोनयनमा परेका छन् ।

    सबैभन्दा बढी खेलाडी मनोनयनमा पर्ने क्लब भने पीएसजी भएको छ । पीएसजीका १० खेलाडी मनोनयनमा परेका छन् । पीएसजीको यस पछिल्ला दुई सिजनको खेल र अहिलेको खेलको आङ्लँकन गर्दा बेजोड मानिएको छ ।

    कीर्तिमानी १८ पटक मनोनयनमा परेका क्रिस्टियानो रोनाल्डो भने यस पटक मनोनयनमा छैनन् । रोनाल्डो सन् २००४ मा पहिलो पटक मनोनयनमा परेका थिए । खेल जीवनकै ओरालो यात्रामा रहे पनि उनले पूर्ण रूपमा सन्न्यास भने लिएका छैनन् ।

    सायद कुनै महत्त्वपूर्ण कायापलट भएन भने अहिले अघि भनिएका केन, एम्बाप्पे र यामलकै बीचबाट एकजनाले यस वर्षको बलोन डी‘ओर अवार्ड उचाल्ने निश्चित छ ।

    – यूएसए टुडे, यूईएफएलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images