काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । यस दिन प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.४८ अंकले बढेर २ हजार ६२६.४१ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन बिहीबार नेप्से ४.६७ अंकले बढेर २ हजार ६२५.९३ विन्दुमा बन्द भएको थियो । शुक्रबार प्रि–ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१५ अंकले बढेको छ ।
प्रि–ओपन सेसनमा ४८ वटा कम्पनीको शेयर कारोबार भएको छ । कुल ६२ पटकको कारोबारमा १३ लाख ८३ हजार १०५ रुपैयाँ ५० पैसाबराबरका २ हजार ९२१ कित्ता शेयर खरिदबिक्री भएका छन् । कारोबार भएका स्टकमध्ये १३ वटाको मूल्य बढेको छ भने २६ वटाको मूल्य घटेको छ । बाँकी नौ स्टकको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
प्रतिक्रिया दिनुहोस्
























