images
images
  • एमाले केन्द्रीय कार्यालयमा आफ्नै सुरक्षा दस्ता, शंकास्पद गतिविधि बढेको दाबी

    काठमाडौँ । सरकारले अनावश्यक सादा पोशाकमा जासुसी परिचालन गरेको शंका गदै एमालेले केन्द्रीय कार्यालयमा आफ्नै सुरक्षा दस्ता तैनाथ गरेको छ। यो सँगै केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाइएपछि एमालेले पूर्वसैनिक तथा पूर्वप्रहरीको टोलीलाई कार्यालय सुरक्षाको जिम्मेवारी दिएको हो ।

    कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले चौतर्फी रूपमा सीसीटीभी क्यामेरा जडान गरी निगरानीसमेत बढाएको जनाइएको छ ।
    एमालेल २०४८ देखि केन्द्रीय कार्यालयमा सरकारी सुरक्षा सेवा पाउँदै आएको थियो । तर, हालै कुनै पूर्वजानकारीविना उक्त सुरक्षा हटाइएको विवरणमा उल्लेख छ ।
    सरकारी सुरक्षा हटाइएपछि तथा पछिल्लो समय कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आवागमन र गतिविधि बढेको भन्दै पार्टीले आफ्नै तर्फबाट सुरक्षा सतर्कता बढाएको जनाइएको छ ।

    नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा गर्नेछ । त्यसैगरी, कार्यालय परिसरमा जडान गरिएका सीसीटीभी क्यामेरामार्फत गतिविधिको निगरानी गरिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images