images
images
  • दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेशकुमार सिंह

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. अमरेशकुमार सिंहले दुईतिहाइ बहुमत प्राप्त हुँदैमा सरकारले गर्ने सबै निर्णय सही नहुने बताएका छन् ।

    राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले प्रश्न उठाउँदै केही नाम अस्वीकृत गरेपछि प्रतिक्रिया दिँदै सिंहले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने बताएका हुन् ।

    उनले राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उल्लेख गरेका छन् ।

    सिंहले लोकतन्त्रमा बहुमतको शासन भए पनि बहुमतलाई जवाफदेही बनाउने व्यवस्था पनि उत्तिकै आवश्यक रहेको बताएका छन् ।

    ‘दुईतिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन । लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,’ उनले भनेका छन् ।

    संसदीय समितिको भूमिकालाई लोकतान्त्रिक व्यवस्थाको महत्त्वपूर्ण पक्षका रूपमा व्याख्या गर्दै सिंहले बहुमतको निर्णयमाथि पनि प्रश्न उठाउन र त्यसलाई जवाफदेही बनाउन सकिने व्यवस्था नै लोकतन्त्रको सुन्दरता भएको बताएका छन् ।

    ‘यही हो लोकतन्त्रको सुन्दरता ? यही हो– संसदीय समितिको गरिमा ?’ सिंहले प्रश्न गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images