images
images
  • आजको मौसम : हिमाली भेगमा वर्षा र हिमपात, अन्य ठाउँमा सफा रहने

    काठमाडौं– आज हिमाली भूभागमा हल्का वर्षा र हिमपातसम्मको अवस्था रहे पनि अन्य स्थानको मौसम सफा रहने छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेका कारण केही ठाउँमा मौसम बदली रहने बताएको हो ।

    हाल देशका हिमाली भू–भागमा आंशिक बादल लागेको छ । देशका पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भू–भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यस्तै आज राति देशको हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images