images
images
  • आजको मौसम : तराईमा सफा, अन्य ठाउँमा वादल, वर्षा र हिमपातको सम्भावना

    काठमाडौं– हाल देशमा पश्चिमी वायू र मनसुनी वायुको आंशिक प्रभाव रहेका कारण आज तराई भूभागमा मौसम सफा रहनेछ भने अन्य केही भागमा वादल, वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू–भागमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भाग साथै लुम्बिनी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    त्यस्तै, आज राति देशको हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images