काठमाडौं । गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ ।
आज आइतबार बिहान अन्दाजी साढे ४ बजेको समयमा अकस्मात ठूलो बाढी आएको हो ।
बाढीले हालसम्म मानवीय क्षति पुर्याएको जानकारी नभएको बताइएको छ ।
अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको उनले बताए ।
चुमनुम्ब्री गाउँपालिका ६ चुम्केको खोलामा पहिरो खसेर थुनिएको र पछि बाढी आएको अनुमान गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले आकस्मिक बाढी आएकाले सतर्कता अपनाउन भन्दै एसएमएस पठाएको छ ।
भिडिओ–
प्रतिक्रिया दिनुहोस्





















