काठमाडौं- इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार होर्मुज जलमार्ग हुँदै ‘अवैध मार्ग’ बाट जान खोजेको एक ट्याङ्करमाथि प्रहार गरेको दाबी गरेको छ ।
मध्यपूर्व युद्ध सुरु भएदेखि नै तेहरानले यस जलमार्गलाई नाकाबन्दी लगाउन खोजिरहेको छ ।
समुद्री ट्र््याकरहरूले पनि शुक्रबार युएईको तटबाट टाढा एक जहाजमा अज्ञात क्षेपास्त्रले आक्रमण गरेको रिपोर्ट गरेका छन्, तर फरक जहाजको नाम उल्लेख गरेका छन् ।
आधिकारिक सञ्चारमाध्यममा प्रकाशित विज्ञप्तिमा गाड्र्सले इरानी सेनाले ‘जलमार्गलाई पूर्ण नियन्त्रणमा लिएको’ बताएको छ ।
“यो अभियान पूरा गर्ने क्रममा केही घण्टाअघि ‘न्याटविट’ स्वामित्वको विशाल इन्धन वाहक जहाज एनभी सनशाइनले हर्मुज जलमार्गको दक्षिणतर्फको अवैध मार्गबाट पार गर्न खोजिरहेको थियो, त्यसमाथि प्रहार भएको छ,” विज्ञप्तिमा भनिएको छ ।
इरानले युद्धभरि हर्मुजमाथि आफ्नो नियन्त्रण थोपर्ने प्रयास गर्दै आएको छ र जहाजहरूले आफ्नो रोजाइको मार्गबाट पार गर्न अनुमति माग्नुपर्ने जोड दिएको छ ।


विश्व खबर 




















