images
images
  • भोटेकोशी बाढी : १ हजार ४५७ जनाको मृत्यु

    काठमाडौं- भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका छन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान ६ः०० बजेसम्मको विवरण हो ।

    बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको मृत्यु भएको बताएको हो ।

    सङ्कलन भएका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३३५ शव व्यवस्थापन गरिएको छ ।

    एक हजार ४३८ शवको पहिचान हुन सकेका छैन ।

    बाढीपछि चार हजार ७२० जना बेपत्ता छन् ।

    यसैगरी, बाढीबाट विस्थापित एक हजार २३१ जना विभिन्न जिल्लास्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images