images
images
  • पर्सामा १४ लाखभन्दा बढीका अवैध सामान र दुई ई–लोडर बरामद

    काठमाडौं – सशस्त्र प्रहरी बलले पर्साका विभिन्न स्थानबाट भन्सार छली तथा बिलबिजकबिना ओसारपसार गरिएका रु. १४ लाख ३६ हजार ६३५ बराबरका सामान र दुई वटा ई–लोडर बरामद गरेको छ ।

    सशस्त्र प्रहरी बल १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट बिलबिजकबिना दुई वटा ई–लोडरमा लोड गरी ल्याउँदै गरेका रु। तीन लाख ३४ हजार ९४५ बराबरका कपडा, भाँडाकुँडा तथा किराना सामान बरामद गरेको हो । गणका सूचना अधिकारी सुरज क्षेत्रीका अनुसार सामान ओसारपसारमा प्रयोग गरिएका दुई वटा ई–लोडरसमेत नियन्त्रणमा लिइएको छ ।

    प्रहरीका अनुसार बरामद गरिएका दुवै ई–लोडरको मूल्य रु। १० लाख रहेको छ । सामान र ई–लोडर गरी रु। १३ लाख ३४ हजार ९४५ बराबरको सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

    यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका रु। एक लाख एक हजार ६९० बराबरका किराना तथा कस्मेटिक सामान बरामद गरेको छ । उक्त सामानसमेत आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

    सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्ने क्रममा प्रहरीले उक्त सामान तथा सवारीसाधन बरामद गरेको हो । बरामद सामग्रीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images