images
images
  • गेम चेन्जर बन्नसक्छ, हालजिनको नयाँ खोज

    बेल्जियमका फ्रान्सिस हालजिनले भौतिकशास्त्रको नोबेल पुरस्कार पाएका छन्। आइस क्युब न्युट्रिनोकोबारेमा गरेको योगदानको आधारमा उनलाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । रोयल स्विस एकेडेमी अफ साइन्सले मङ्गलबार यो निर्णय गरेको हो। मङ्गलबार प्रतिक्रिया दिँदै उनले यस घोषणाले आफूलाई खुसी लागेको बताउँदै थप जिम्मेवारी थपिएको बताए।

    ८२ वर्षीय वैज्ञानिकले यस घोषणाले आफूलाई एकछिन झस्काएको समेत बताए। उनले नयाँ थप परियोजना तयार हुँदै गरेको कारण यस पुरस्कारको रकम समेत त्यसैमा खर्च गर्ने बताए।

    न्युट्रोनको कुनै तौल हुँदैन। साथै ऊर्जा शून्य झैँ पनि हुनसक्छ। यसकारण उनीहरू मानिस, ग्रह, उपग्रह र अन्य कुनै पनि स्थानबाट सहजै पार हुनसक्छन्। करिब १०० ट्रिलियन कस्मिक प्रत्येक दिन हाम्रो शरीरबाट पार भई रहेका हुन्छन्। हालजिनले पहिलो पटक आइस क्युब परियोजनाको स्थापना सन् १९८८ मा गरेका थिए।

    आइस क्युब न्युट्रिनोसम्बन्धी अध्ययन अत्यन्त कठिन पनि हो। भौतिकशास्त्रमा चासो राख्नेहरूकोबारे यसको धेरै रहस्यका बारे थप कुरा खुल्दै जानेछ। नोबेल पुरस्कारकै हकमा कुरा गर्ने हो भने पछिल्ला केही वर्षमा भौतिकशास्त्रमा नोबेल पुरस्कार एकै व्यक्तिले पाएको विरलै छ।

    न्युट्रिनो म्यासेन्जरमार्फत अन्तरिक्षबाट सूचना पाउने यो अनौठो प्रविधिले ताराहरूको सूचना समेत उपलब्ध गराउँछ भन्ने विश्वास छ। नोबेल कमिटी सदस्य इभा लोन्द्रेथले हालजिनको अध्ययनले पृथ्वीमा नयाँ ऊर्जाको स्रोतको पहिचान गर्न समेत सहयोग हुने बताउँछिन्।

    pro Halzen research

    ग्यालेक्सीको अध्ययन, हरेक ऊर्जाको स्रोतको अध्ययन, ब्ल्याक होल तथा ब्रह्माण्डमा नखुलेको रहस्यका लागि समेत यो अध्ययन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। गत वर्ष क्वान्टम फिजिक्सको बारे गरिएको अध्ययनका लागि जोहन क्लर्क, माइकल डिभोर्ट र जोन मार्टिनिसले अवार्ड पाएका थिए।

    यसअघि सोमबार मात्र मस्तिष्कको बारेमा गरिएको अध्ययनका लागि अमेरिकी वैज्ञानिक कार्ल डाइसेक्रोथ र जर्मनीका पिटर हेगरम्यान तथा जर्ज नागेललाई संयुक्त रूपमा चिकित्साशास्त्रको अवार्ड प्रदान गर्ने घोषणा गरिएको थियो। बुधबार रसायनशास्त्रको नोबेल पुरस्कारको घोषणा हुँदैछ । नोबेल शान्ति पुरस्कार, नोबेल साहित्य पुरस्कार र अर्थशास्त्रको नोबेल पुरस्कारको घोषणा पनि यसै साता हुनेछ। डिसेम्बर १० मा हुने समारोहमा यी पुरस्कार प्रदान गरिनेछ।

    उनले तयार गरेको आइस क्युब दक्षिणी ध्रुवमा राखिनेछ। यसमा जडान गरिएको सेन्सरले न्युट्रोनलाई ग्रहण गर्छ। दक्षिणी ध्रुवमार्फत न्युट्रोन ग्रहण गर्ने आफ्नो परियोजनाको बारेमा उनले पहिलो पटक सन् १९८८ मा योजना सार्वजनिक गरेका थिए।

    उनले जुन समयमा यो परियोजना सुरु गरेका थिए, त्यस समयमा धेरैले यसलाई सकारात्मक रूपमा त लिए। तर जोखिम उठाउने हिम्मत भने गरेनन्।

    ice cube halzen

    हालजिनको जन्म सन् १९४४ मार्च २३ मा भएको हो। गणित र भौतिकशास्त्रको अध्ययन गरेका उनले सन् १९६९ मा ब्रोकन सिमिस्ट्रिक अफ हाड्रोनको खोजको विषयमा विद्यावारिधि गरेका थिए।

    जेनेभामा युरोपियन अर्गनाइजेसन फर न्यु क्लियर रिसर्चमा काम गरिसकेपछि उनलाई युनिभर्सिटी अफ विन्सकिन्सन मेडिकिनमा उनलाई आमन्त्रण गरिएको थियो। भौतिकशास्त्रका प्राध्यापकको रूपमा सन् १९७२ मा आबद्ध भएका उनले त्यहाँ पाँच दशकभन्दा बढी समय बिताए। यसै क्रममा उनले पार्टिकल विषयमा अध्ययन अघि बढाए।

    सन् १९८० को मध्यदेखि उनको ध्यान न्युट्रोनको अध्ययनमा मोडिएको हो। विद्युतीय न्युट्रल कण तथा सूक्ष्म अणुको अध्ययनमा उनले दिन बिताए।

    यो अध्ययनको सिलसिला अघि बढेपछि उनले सन् १९८७ मा एन्टार्टिक क्षेत्रमा नयाँ सम्भावनाको बारे अध्ययन सुरु गरेका थिए। सन् २००४ मा उनले आइस क्युबको निर्माण सुरु गरेका थिए। वैज्ञानिक प्रक्रिया पूरा गरेर आइस क्युबको स्वरूप धारण भने सन् २०११ मेमा सुरु भएको हो।

    यसमा मुख्य ब्रेक थ्रु भने सन् २०१७ मा भएको थियो। आइस क्युबले २९० इलेक्ट्रोन भोल्टसहितको शक्तिलाई पहिचान गरेको थियो।

    भौतिकशास्त्रमा पहिलो नोबेल पुरस्कार

    भौतिकशास्त्रमा पहिलो पटक नोबेल पुरस्कार सन् १९०१ मा दिइएको हो। भौतिकशास्त्रमा पहिलो नोबेल पुरस्कार एक्स-रेको आविष्कार गर्ने जर्मन वैज्ञानिक विलहेम रङेनले पाएका हुन्।

    रसायनशास्त्रको पहिलो नोबेल पुरस्कार ज्याकोबस एच भान हब्सले पाएका थिए भने चिकित्साशास्त्रको पहिलो नोबेल पुरस्कार एमेल भोङ बहरिङले पाए। साहित्यको पहिलो नोबेल पुरस्कार सुल्ली प्रधुमले पाएका हुन् भने पहिलो शान्ति नोबेल पुरस्कार हेनरी डुनान्टले पाए।

    नोबेल पुरस्कारको इतिहासमा भौतिकशास्त्रमा दुई पटक नोबेल पुरस्कार पाउने जोहन बार्डेन मात्र हुन्। उनले सन् १९५६ मा पहिलो पटक ट्रान्जिस्टरको आविष्कारका लागि नोबेल पुरस्कार पाएका थिए। दोस्रो पटक सन् १९७२ मा बीसीएस सिद्धान्तका लागि सोही पुरस्कार पाएका थिए।

    सन् १९०३ मा रेडियो एक्टिभिटीको अध्ययनका लागि भौतिकशास्त्रमा नोबेल पुरस्कार पाएकी मेडम क्युरीले सन् १९११ मा रसायनशास्त्रमा नोबेल पुरस्कार पाएकी थिइन्। उनले रेडियम र पोलुयिनम पत्ता लगाएबापत पुरस्कार पाइन्।

    नोबेल पुरस्कारको लामो इतिहासमा धेरै नाम लेखिए। संसारको सबैभन्दा प्रतिष्ठित अवार्ड यस वर्ष पाएका हालजिनको आइस क्युब र न्युट्रिनोको अध्ययन सायद ऊर्जा र विज्ञानको क्षेत्रमा नयाँ गेमचेन्जर हुनसक्छ।

    -अल जजिरा, बीबीसी, एएडटकमलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images