काठमाडौं– बाढी, पहिरो र अविरल वर्षाका कारण रसुवा–नुवाकोट, मनाङ र म्याग्दीका तीन प्रमुख सडकखण्ड अझै अवरुद्ध छन् ।
प्रहरीका अनुसार गत भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली बजार, बेत्रावती बजार हुँदै रसुवागढी नाकासम्म जाने पासाङ ल्हामु राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।
त्यस्तै, मनाङको बेशीसहर–खाङसार सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ । असोज ९ गते बिहानदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले उक्त सडकखण्ड अवरुद्ध बनाएको हो ।
यता, म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ । असोज १० गते बिहान रघुगंगा गाउँपालिका–२ बैसरीमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले अवरुद्ध सडकखण्डमा तत्काल आवतजावत नगर्न तथा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र अघि बढ्न आग्रह गरेको छ ।
हेर्नुहोस् विवरण–



विश्व खबर 



















