images
images
  • वीरगञ्जमा विद्युतीय सवारीको ठक्करबाट एकको मृत्यु

    वीरगञ्ज– पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय भ्यानले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०७२० नम्बरको उक्त सवारीसाधनले पैदलयात्रु गुप्तालाई ठक्कर दिएको थियो।

    दुर्घटनामा टाउको र दाहिने गोडामा गम्भीर चोट लागि घाइते भएकी गुप्ताको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

    उक्त दुर्घटनापछि भ्यानका चालक सिन्धुली कमलामाई नगरपालिका–२ का ६० वर्षीय रामकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images