काठमाडौं– नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ ।
गए राति निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरेको हो ।
सो सूची अनुसार कांग्रेसको भावी सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी भिड्ने भएका छन् । किशोरसिंह राठौरले भने उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्बिरोध निर्वाचित भएका छन् ।
नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन आज बिहान १० बजेदेखि हुदैछ । निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ ।
नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने, ७२५५ प्रतिनिधि सहभागी हुँदै

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















