काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र प्रभावित भएको छ ।
आजको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिए पनि अचानक आएको हावाहुरी र वर्षाका कारण बन्द सत्र प्रभावित भएको प्रवक्ता देवराज चालिसेले बताए ।
बिहान साढे १० बजेदेखि शुरू गर्ने भनिएको बन्द सत्रलाई खाजा समयपछि गर्ने भनी साढे ११ बजेदेखि शुरू गर्ने तयारी भएको थियो ।
तर अचानक हावाहुरीसहितको ठूलो वर्षा भएसँगै प्रभावित भएको छ ।
खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू आउन सकिरहेका छैनन् ।
कांग्रेसले बन्द सत्र खुलामञ्चमा गरिरहेको छ ।
भृकुटीमण्डपमा खाना स्थल र राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले निर्वाचनको कम गरिरहेको छ ।
भोलि बिहान मतदान हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















