काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार चौथो दिनको बन्द सत्र सुरु हुँदैछ ।
बन्द सत्रमा प्रस्ताव तथा प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी छ ।
प्रवक्ता देवराज चालिसेका अनुसार खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको छ ।
बन्द सत्र पार्टीको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठन प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने कार्यसूची छ ।
आजको बन्द सत्रपछि सभापति थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्नेछन् ।
प्रतिवेदनहरू पारित भएपछि महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढ्नेछ ।
सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन् ।


विश्व खबर 



















