images
images
  • कांग्रेस उपसभापति पदमा उम्मेदवारी दिएका मिनेन्द्र रिजाल ‘ब्याक’

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् ।

    सभापति गगन थापासँग भएको भेटमा उनले उपसभापति फिर्ता लिने सहमति बनेको हो ।

    सभापति थापाले डाक्टर रिजाललाई उपसभापतिको उम्मेदवारी नबन्न आग्रह गरेका थिए । सँगै सभापति थापाले महाधिवेशनपछि उपयुक्त पदमा व्यवस्थापन गर्ने आश्वासन समेत दिएपछि रिजाल उम्मेदवारी फिर्ता गर्न सहमत भएका हुन्।

    रिजालले सभापति थापासँग भएको भेट र उम्मेदवारी फिर्ता प्रसङ्गको कुराकानीको भिडियो समेत आफ्नो फेसबुक पेजमा राखेका छन् । सभापति थापाले सार्वजनिक रुपमै पनि उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

    नयाँ नेतृत्वमा चुनिन कुन पदमा क–कसले दिए उम्मेदवारी ? (सूचीसहित)

    प्रतिक्रिया दिनुहोस्
    images
    images