images
images
  • मौसममा पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी स्थानमा हुँदैछ चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा

    काठमाडौं– जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जानकारी दिएको छ ।

    हाल देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै ठाँउ तथा लुम्बिनी प्रदेशको एक–दुई ठाँउमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

    आज दिउँसो देशको हिमाली र पहाडी भ–भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    देशको हिमाली भू–भागको थोरै स्थानमा र पहाडी भू–भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा तथा मधेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमवर्षाको सम्भावना छ ।

    लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू–भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यस्तै, राति कोशी प्रदेश सबै भू–भाग तथा देशको हिमाली र पहाडी भू–भाग साधारणतया बादल लाग्ने छ । देशको तराई भु–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा बिहानीपख हुस्सु/कुहिरो पनि समभावना छ । देशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भु–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ । देशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images