काठमाडौं । यो वर्षको दसैँ पर्व सुरू हुन पाँच दिन बाँकी छ, तर अझै पनि लामो दूरीको बसको अग्रिम टिकट बुकिङ सुरू भएको छ ।
अग्रिम टिकट नखुलेका कारण दसैँ मनाउन टाढा टाढा जाने यात्रुहरू आफ्नो योजना समेत बनाउन पाइरहेका छैनन् ।
यसैबीच आज दसैँलाई अग्रिम टिकट बुकिङका सम्बन्धमा यातायात व्यवस्था विभागले यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ ।
आज बिहान ११ बजेका लागि तय गरिएको छलफलमा प्रहरी प्रधान कार्यालय राजमार्ग तथा सुरक्षा महाशाखा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, नेपाल ट्रक यातायात व्यवसायी संघ र ल्होत्से बहुउद्देश्यीय सहकारी संघलाई आमन्त्रण गरिएको बताइएको छ ।
यद्यपि, विभागले ढिलोगरी छलफल गर्ने योजना बनाउनुअघि नै बसका अधिकांश टिकटहरू बुकिङ भइसकेका छन् । यसबाट टिकट खुला भएको घोषणा सुनेर टिकट काउन्टर पुग्नेहरूलाई समस्या सृजना हुने देखिन्छ ।
यो वर्षको दसैँ आगामी आइतबार (असोज २५) देखि सुरू हुँदैछ । उक्त दिन घटस्थापना हो ।


विश्व खबर 


















