images
images
  • मन्त्री–सभामुख विदेश भ्रमणमा, छिमेकी मुलुक भारत जाने तयारीमा प्रधानमन्त्री र गृहमन्त्री

    काठमाडौं– सरकारले उच्चस्तरीय विदेश भ्रमण बढाएको छ ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा, परराष्ट्रमन्त्री शिशिर खनाल टुभालुमा र सभामुख डोलप्रसाद अर्याल तान्जानियामा छन् ।

    गृहमन्त्री सुधन गुरुङ असोज २६ मा भारत जाने तयारीमा छन् ।

    त्यसका लागि अक्टोबर १३ मा बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठक हुनेछ ।

    यो गुरुङको पहिलो विदेश भ्रमण हो ।

    नोभेम्बरमा प्रधानमन्त्री बालेन शाह पनि भारत भ्रमणमा जाँदैछन् ।

    यसअघि एक वर्ष विदेश नजाने अडान राखेका बालेनले अहिले मन्त्रीहरूलाई पनि भ्रमणमा खुकुलो बनाएका छन् ।

    गृहमन्त्री गुरुङको भारत भ्रमणलाई प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका रूपमा हेरिएको छ ।

    बिमस्टेक बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images