images
images
  • दशैं मनाउन स्वदेश फर्किने मानिसको लर्काे

     काठमाडौं – भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेहरुको भीड लागेको छ । दसैँ पर्व नजिकिँदै गर्दा घर फर्किने नेपालीहरुको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए । पछिल्लो पाँच दिनमा पचास हजार बढी नेपाली दसैँ मनाउन जमुनाहा नाका हुँदै घर फर्किएको उनले बताए ।

    “हाल बिहानदेखि साँझसम्मै दसैँ मनाउन भनि भारतबाट घर फर्किने नेपालीहरुको लर्को लागिरहेको छ, प्रत्येक दिन दश हजारभन्दा बढी नागरिक जमुनाहा नाकाबाट आउने गरेको छ”, उाले भने, “सीमावर्ती क्षेत्रमा उनिहरुमाथि हुनसक्ने लुटपाटलगायतका आपराधिक घटना हुन नदिन नेपाल प्रहरीले आवश्यक समन्वय गर्दै आइरहेको बताएको छ ।”

    “नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिम पहिचान गरी सोहीअनुसार सुरक्षा योजना लागू गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी तामाङले भने, “भारतबाट फर्किने नेपालीले बाटोमा ठगी, लुटपाटलगायतका समस्या भोग्न नपरोस् भनेर जमुनाहा नाकामै यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।”

    भारतमा रोजगारीका लागि गएका नेपाली चाडपर्वका बेला ठूलो सङ्ख्यामा स्वदेश फर्किने यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्षबाट आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराइने उनले जानकारी दिए ।

    बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले चाडपर्वका समयमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको बताउँदै भारतबाट फर्किने नेपालीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने गरी सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गरे ।

    भारतबाट फर्किने नेपालीको चापलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुर बसपार्कमा पनि मङ्गलबारदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images