images
images
  • ओली–प्रचण्डकै शैलीमा महाधिवेशन गर्दै गगन समूह, सेटिङमा सबै पदाधिकारी चयन गर्ने प्रयास

    काठमाडौं– नेपाली कांग्रेसले आगामी महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास थालेको छ ।

    पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार सभापति गगन थापा समूहको नेतृत्वलाई अहिलेसम्म कुनै पक्षबाट चुनौती आएको छैन ।

    उनले नेतृत्व चयनमा सहमति र एकताको वातावरण बनाउन पार्टी सक्रिय रहेको बताए ।

    चालिसेले सम्भव भएसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने र सहमति हुन नसके लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने बताए ।

    गगनले सर्वसम्मतिको नाउमा आफू सभापतिमा निर्विरोध र अन्य पदाधिकारीमा सेटिङ मिलाएर अनुकूल कांग्रेस बनाउन लागेको भन्दै समूहभित्रैबाट विरोध भइरहेको छ ।

    उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डकै शैलीमा महाधिवेशन गर्न लागेको आरोप लगाएका छन् ।

    ओली–प्रचण्डले महाधिवेशनको नाउमा आफू र आफ्नो गुट हाबी गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images