images
images
  • एनसेललाई सम्पत्ति हस्तान्तरणकाे तत्काल योजना पेस गर्न निर्देशन

    काठमाडौं-नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई अनुमतिपत्रको अवधि समाप्त भएपछि सम्पत्ति हस्तान्तरण गर्नुपर्ने व्यवस्थाअनुसार आवश्यक कार्ययोजना तत्काल पेस गर्न निर्देशन दिएको छ।

    एनसेलको २५ वर्षे एकीकृत दूरसञ्चार सेवा अनुमतिपत्र २०८६ भदौ १६ गते समाप्त हुने भएकाले त्यसअघि नै सम्पत्ति हस्तान्तरणसम्बन्धी आवश्यक प्रक्रिया र तयारी पूरा गर्न प्राधिकरणले निर्देशन दिएको हो।

    प्राधिकरणले अनुमतिपत्रको अवधि समाप्त भएपछि कम्पनीको दूरसञ्चार सेवा सञ्चालनसँग सम्बन्धित सम्पत्ति, पूर्वाधार तथा अन्य आवश्यक संरचना कसरी हस्तान्तरण गर्ने भन्ने विषय समेटिएको विस्तृत कार्ययोजना समयमै पेस गर्न भनेको छ।

    प्राधिकरणका अनुसार अनुमतिपत्रको अवधि सकिनुअघि नै हस्तान्तरण प्रक्रियाका लागि आवश्यक तयारी, सम्पत्तिको विवरण, मूल्यांकन तथा व्यवस्थापनलगायतका विषय स्पष्ट हुन आवश्यक छ।

    एनसेलको अनुमतिपत्रको अवधि समाप्त हुने समय नजिकिँदै गर्दा कम्पनीको सम्पत्ति तथा दूरसञ्चार पूर्वाधार हस्तान्तरणको विषय फेरि चर्चामा आएको छ।

    प्राधिकरणले तोकेको समयसीमाभित्र कार्ययोजना पेस गरी नियामक निकायसँगको समन्वयमा आवश्यक प्रक्रिया अघि बढाउन एनसेललाई निर्देशन दिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images