काठमाडौं– गृहमन्त्री सुधन गुरुङको गृह प्रशासन सञ्चालन तथा सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यशैलीमाथि प्रश्न उठाइएको छ ।
विभिन्न घटनामा गृह प्रशासनको भूमिका प्रभावकारी हुन नसकेको र केही अवस्थामा नेपाली सेनाको सहयोग लिनुपरेको दाबी सार्वजनिक भएको हो ।
गुरुङ दोस्रोपटक गृहमन्त्री बनेपछि २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्ड छानबिन गर्ने निर्णय गरेका थिए ।
यसअघि उनीमाथि उठेको सेयरसम्बन्धी विवादपछि राजीनामा दिएका थिए ।
उक्त विषयमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएको विषयसमेत आलोचनामा आएको छ ।
यसैबीच, कप्तानगञ्जमा भएको धार्मिक विवाद र त्यसपछि दोहोरिएको गोलीकाण्डले पनि गृह प्रशासनको सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।
यसअघि भएको झडप नियन्त्रणमा नेपाली सेना परिचालन भएको र पछिल्लो घटनामा पनि सुरक्षा चुनौती देखिएको समाचारमा उल्लेख छ ।
गृहमन्त्रीको घटनास्थल भ्रमणका क्रममा सुरक्षा व्यवस्थापनमा नेपाली सेनाको सहयोग लिनुपरेको दाबीसमेत गरिएको छ ।
यस्तै, रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा बाढीपछि भएको उद्धारका क्रममा पनि गृहमन्त्रीको भूमिकालाई लिएर विवाद भएको उल्लेख गरिएको छ ।
गृहमन्त्री गुरुङसँग जोडिएका साइबर गतिविधि, सुरक्षा व्यवस्थापन र प्रशासनिक निर्णयबारे समेत विभिन्न प्रश्न उठाइएका छन् ।
त्यस्तै हचुवाको भरमा कानुनविपरीत ठूला माछा– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा पक्राउ प्रकरले पनि उनीमाथि प्रश्न उठेको छ ।
यसै कारण पछिल्लो समय गृहमन्त्री गुरुङको कार्यशैली, गृह प्रशासनमाथिको नियन्त्रण र सुरक्षा निकायसँगको समन्वयलाई लिएर सार्वजनिक बहस बढेको छ ।


विश्व खबर 



















