images
images
  • लाल बकैया खोलामा बाढीको उच्च जोखिम, जल सतहले खतराको तह नाघ्यो

    मकवानपुर– मकवानपुरको जुरीलीबजार क्षेत्रमा लाल बकैया खोलामा पानीको सतह बढ्दै गएपछि बाढीको उच्च जोखिम देखिएको छ ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६:२० बजे लाल बकैया खोलाको पानीको सतह बढेर खतराको तह नजिक पुगेको हो ।

    खोलाको जलसतह अझै बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै आसपासका तथा डुबान प्रभावित क्षेत्रका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    महाशाखाले खोला आसपासका बस्ती तथा तल्लो भू–भागमा बसोबास गर्ने नागरिकलाई अनावश्यक रूपमा खोला तथा नदी किनारमा नजान र सम्भावित डुबानबाट सुरक्षित रहन आग्रह गरेको छ ।

    सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सम्बन्धित निकायले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउनसमेत अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images