images
images
  • कुलेखानी जलाशयमा पानीको सतह बढेपछि साइरन बजाउने तयारी, सतर्क रहन आग्रह

    हेटौंडा– कुलेखानी जलाशयमा पानीको सतह बढिरहेको छ ।

    बिहान ७ बजेको अपडेट अनुसार पानीको सतह बढेर १५२५.६१ मिटर पुगेको हो ।

    निरन्तर ठूलो वर्षा भइरहेकाले पछिल्ला दिनको तुलनामा जलाशयमा पानीको सतह केही तीव्र गतिमा बढिरहेको जनाइएको छ ।

    कुलेखानी जलाशयमा अधिकतम १५३० मिटरसम्म पानी भण्डारण गर्न सक्ने क्षमता रहेको छ । हाल जलाशयबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको विद्युत प्राधिकरणले जनाएको छ ।

    जलाशयमा पानीको सतह बढेर १५२७ मिटर पुगेपछि पहिलो साइरन बजाइने र त्यसपछि पानीको सतह थप बढ्दै गएमा क्रमश: तीन पटकसम्म साइरन बजाइने जानकारी दिइएको छ ।

    तीन पटक साइरन बज्ने अवस्था आउँदा जलाशयको पानीको सतह १५३० मिटर पुगेको हुने र त्यसपछि बाँधको मुख्य ढोका बिस्तारै खोलिने जनाइएको छ ।

    निरन्तर ठूलो वर्षा भइरहेकाले जलाशयको पानीको सतहमा भइरहेको वृद्धिलाई निगरानी गरिरहेको प्राधिकरणसहित स्थानीय प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images