images
images
  • चितवनको माडीमा भारी वर्षा : २४ घण्टामा २२२.४ मिलिमिटर वर्षा मापन

    काठमाडौं– गएको २४ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी चितवन जिल्लाको माडी कल्याणपुर मौसम मापन केन्द्रमा २२२.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मधेश प्रदेश लगायत गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा भएको छ ।

    त्यसैगरी, कोशी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images