images
images
  • देशभर मनसुनी प्रभाव कायमै : चार प्रदेशमा भारी वर्षा र केही स्थानमा हावाहुरीको सम्भावना

    काठमाडौं– जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जानकारी दिएको छ ।

    हाल देशभर अधिकांश बादल लागेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा, बागमती र कर्णाली प्रदेशको केही स्थानमा साथै कोशी र मधेश प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो गण्डकी, लूम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा कोशी, मधेश र बागमती प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशको तराई भू–भागका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    ुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    त्यस्तै आज राति सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरै स्थान, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images