images
images
  • स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल कालीगण्डकीले बगायो

    स्याङ्जा– लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बगाएको छ ।

    कालीगण्डकी गाउँपालिका–७ मिर्मी, स्याङ्जा र कालीगण्डकी गाउँपालिका–१, गुल्मी जोड्ने उक्त पुल नदीमा आएको बाढीले आज बिहान पूर्ण रूपमा बगाएको हो ।

    चार दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढ्दै गएको थियो । बाढीले पुलमा क्षति पुर्‍याउँदै गएपछि अन्तत: पुल नै बगाएको जनाइएको छ ।

    पुल बगाएपछि स्याङ्जा र गुल्मीबीचको आवतजावत तथा यातायात सेवा प्रभावित भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images