images
images
  • कांग्रेसको वडा अधिवेशन सकियो, क्षेत्रीय अधिवेशन जारी

    काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा अधिवेशन प्रक्रिया अघि बढेको छ ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन हुँदैछ ।

    महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशन पनि जारी रहेको कांग्रेसले जनाएको छ ।

    यसक्रममा असोज १० देखि १३ गतेसम्म प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन जारी रहेका छन् भने मनाङ, मुस्ताङ र बैतडीमा सम्पन्न भइसकेका छन् ।

    त्यसैगरी संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रोल्पा, रुकुम पश्चिम, जुम्ला, डोटी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरमा अधिवेशनको उद्घाटन सत्र सुरु भई निर्वाचन प्रक्रिया चलिरहेको कांग्रेसले जनाएको छ ।

    कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा विभिन्न तहका अधिवेशनमार्फत प्रतिनिधि चयन तथा नेतृत्व छनोटको प्रक्रिया अघि बढिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images