काठमाडौं– नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रमा पानीको सतह निरन्तर बढ्दै गएपछि बाढीको जोखिम बढेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज असोज ११ गते बिहान ५:४० बजे देवघाटमा नारायणी नदीको बहाव बढिरहेको र खतरा तह पार गरेकाले डुबानको जोखिम रहेका ठाउँका बासिन्दालाई आज साँझसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्राधिकरणले बाढी पूर्वानुमान महाशाखाको सूचनाका आधारमा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई नदी तथा खोलाको आसपास नजान र सम्भावित डुबानबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।
देवघाटको जलमापन विवरणअनुसार पछिल्लो समयमा नारायणी नदीको पानीको सतह पुन: बढ्दो क्रममा देखिएको छ । जोखिमयुक्त तटीय तथा होचा भूभागका बासिन्दालाई स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनालाई समेत ध्यान दिन आग्रह गरिएको छ ।


विश्व खबर 




















