काठमाडौं– पहिरो र खोलामा जलसतह बढेपछि कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
यस्तै, कालीगण्डकी गाउँपालिका–४ भएर बग्ने पाती खोलामा जलसतह बढेपछि सो क्षेत्रको यातायातसमेत पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि बागलुङ, पाल्पा, बुटवल र पोखरातर्फ जाने तथा ती क्षेत्रबाट आउने सवारीसाधन बाटोमै रोकिएका छन्। यात्रुहरू पनि बीच बाटोमै रोकिएका छन् ।
अवरुद्ध सडक खुलाउन आवश्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















