images
images
  • लेदोसहितको बाढीले सिद्धिचरण लोकमार्ग अवरुद्ध

    काठमाडौं– लगातारको वर्षाका कारण लेदोसहितको बाढी आउँदा ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।

    मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमामा पर्ने भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध भएको हो ।

    बाढीले सडकको भाग कटान गरी गहिरो बनाउँदा करिब १५ मिटर सडकमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

    सडक अवरुद्ध भएपछि उक्त सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द भएको छ । सडक खुलाउन डिभिजन सडक कार्यालय हर्कपुरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

    लगातार वर्षा भइरहेकाले सडक खुलाउने काममा समेत कठिनाइ भइरहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images