images
images
  • एमालेले सुरू गर्‍यो ‘अप्रेसन ऐना’ (भिडिओ)

    काठमाडौं– नेकपा (एमाले) ले पार्टी र आफ्ना नेताहरूविरुद्ध भ्रम फैलाउनेहरुको निगरानी गर्न ‘अप्रेसन ऐना’ सञ्चालन गरेको छ ।

    सामाजिक सञ्जालमा फैलाइएका अश्लिल, भ्रामक, गलत सूचना र राजनीतिक प्रचार सामग्रीमाथि ‘अप्रेसन ऐना’ मार्फत प्रमाणसहित डिजिटल निगरानी गरिने एमालेले जनाएको छ ।

    शनिबार पार्टीको आधिकारिक फेसबुक पेजबाट यसबारे जानकारी दिएको हो । ‘अप्रेशन ऐना’सम्बन्धी एक दृश्य सार्वजनिक गर्दै एमालेले भनेको छ, ‘सभ्य बनौँ, सभ्य समाज बनाऔँ । यो सामग्री सम्बन्धित व्यक्ति तथा उहाँको घर–परिवारसम्म पुर्‍याइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । अप्रेसन ऐना : भ्रम फैलाउने, गालीगलौज गर्ने र प्रोपोगन्डा फैलाउनेविरुद्धको डिजिटल निगरानी !’

    यो अभियानले संकलन र निगरानी गरेको तथ्य र प्रमाणसहित कानुनी उपचारको बाटो अपनाउने समेत एमालेले जनाएको छ ।

    एमालेविरुद्ध सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री, गलत दाबी र तोडमोड गरिएका सूचना तथा आपत्तिजनक अभिव्यक्तिहरुलाई प्रमाणका आधारमा जम्मा गरिने र आवश्यक परे यस्ता सामग्रीविरुद्ध सम्बन्धित निकायमा सामूहिक उजुरी गर्ने समेत एमालेले बताएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images