images
images
  • पाँच समस्याग्रस्त सहकारीका १३५ साना बचतकर्ताको रकम फिर्ता

    काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ ।

    समितिका अनुसार शिवशिखर सहकारीका ५७, कान्तिपुरका ५२, ओरियन्टल को–अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।

    सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम पीडित बचतकर्तालाई फिर्ता गरिँदै आएको जनाएको छ ।

    समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। आगामी चरणमा बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिनेछ ।

    समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनबमोजिम फिर्ता गर्ने कार्य निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images