images
images
  • त्रिशूली अडिट–३ टनेलभित्र अल्झिएका ६ शव निकालिए

    रसुवा– भोटेकोशी बाढीपछि थुनिएको त्रिशूली हाइड्रोको परियोजना १ भित्र ६ वटा शव फेला परेको छ ।

    ती शवलाई ग्रीन्डर ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको जंगी अड्डाले जनाएको छ ।

    नेपाली सेनाका अनुसार संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेका ६ शव फेला परेका हुन् ।

    टनेलभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शवजस्तो आकृति देखिएकोले उक्त इलाकामा खोजी कार्य भइरहेको सेनाले उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images