images
images
  • क्यानडा पठाइदिने भन्दै १२ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं – आकर्षक तलबको प्रलोभन देखाएर क्यानडा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२० की ४९ वर्षीया रिता गौतम र ३१ वर्षीय विमोचन राज कुँवर रहेका छन् ।

    प्रहरीका अनुसार उनीहरूले एक जनालाई क्यानडा पठाइदिने भन्दै १२ लाख रुपैयाँ लिएका थिए । रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

    पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images