images
images
  • माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो

    काठमाडौं– भोटेकोसीमा आएको विनाशकारी बाढीपछि थुनिएको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ ।

    बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा आयोजनाको अडिट–३ सुरुङभित्र ढलानका लागि बनाइएको डन्डीको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेको सेनाले जनाएको हो ।

    आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले ग्रिन्डर, ग्यास कटर र उद्धार उपकरण प्रयोग गरी शव बाहिर निकालेको हो ।

    सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएकाले सो क्षेत्रमा खोजी कार्य जारी रहेको सेनाले जनाएको छ ।

    बाढीपछि आयोजनामा कार्यरत ४९२ जना बेपत्ता रहेको र ९३६ जना सम्पर्कमा आइसकेका छन् । कोरियाली लगानीमा निर्माण भइरहेको आयोजनामा बाढीअघि १ हजार ४३३ जना कार्यरत थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images