काठमाडौं– नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गर्दै ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ ।
निर्देशिकाअनुसार केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्न ४० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
सभापतिका उम्मेदवारले १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
उपसभापति र महामन्त्री पदका लागि ३० हजार रुपैयाँ तथा सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।
केन्द्रीय सदस्यका उम्मेदवारले ११ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।
निर्देशिकामा केन्द्रीय सभापतिदेखि तल्लो तहका विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि लाग्ने शुल्कसमेत निर्धारण गरिएको छ ।
हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्






















