images
images
  • भन्सार कागजातमा ९६ क्यारेट, ट्रकमा १४४ क्यारेट माछा, तस्करीको आशंका

    काठमाडौं – भन्सार कागजातमा उल्लेख गरिएको परिमाणभन्दा ४८ क्यारेट बढी माछा बोकेको आशंकामा प्रहरीले वीरगञ्जबाट आएको एउटा मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

    एउटै भन्सार प्रज्ञापनपत्र प्रयोग गरेर तोकिएको परिमाणभन्दा बढी माछा भित्र्याउन खोजिएको आशंकापछि जिल्ला प्रहरी कार्यालय पर्साले उक्त ट्रक नियन्त्रणमा लिएको हो ।

    प्रहरीले वीरगञ्ज महानगरपालिका–नगवास्थित सुरज फिस सप्लायर्सको माछा बोकेको प्रदेश २००–१–ख–७०७४ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको हो ।

    भारतको आन्ध्र प्रदेशबाट आयात गरिएको माछा बोकेको उक्त ट्रक एकीकृत जाँचचौकी ९आईसीपी० बाट भन्सार जाँचपास गराएर नगवातर्फ जाँदै थियो ।

    तर, भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा मात्रै उल्लेख भए पनि ट्रकमा १४४ क्यारेट माछा रहेको आशंका गरिएको छ। कागजातमा उल्लेखित परिमाणभन्दा ४८ क्यारेट बढी माछा फेला परेको विषयले भन्सार जाँचपास प्रक्रियामाथि प्रश्न उठाएको छ ।

    एउटै प्रज्ञापनपत्रमा तीनवटा गाडी प्रयोग भएको आशंका

    स्रोतका अनुसार एउटै भन्सार प्रज्ञापनपत्रको प्रयोग गरी तीनवटा गाडीमार्फत माछा ओसारपसार गर्न खोजिएको सूचना प्रहरीसम्म पुगेको थियो ।

    उक्त सूचनापछि निगरानी बढाएको प्रहरीले एउटा मिनी ट्रक नियन्त्रणमा लिन सफल भएको हो । यद्यपि, माछा ओसारपसारमा प्रयोग भएको भनिएका अन्य दुईवटा गाडी भने प्रहरीले फेला पार्न सकेको छैन ।

    भन्सार कागजातमा उल्लेख भएको परिमाण र वास्तविक रूपमा ओसारपसार भइरहेको माछाको परिमाणबीच देखिएको अन्तरबारे थप अनुसन्धान आवश्यक देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images