काठमाडौं– हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ भने बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।
दिउँसोको मौसम
दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।
त्यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । देशका तराई भू–भागका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ । विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
रातिको मौसम
रातिको समयमा हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ । साथै, कोशी र गण्डकीका पहाडी क्षेत्र तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


विश्व खबर 



















