images
images
  • बेल्जियममा अवैध आप्रवासीको घरमा छापा मार्न पाइने कानुन पारित

    काठमाडौं– बेल्जियमले प्रहरीलाई निश्चित अवस्थामा अवैध आप्रवासीहरूलाई उनीहरूको घरभित्रै पक्राउ गर्न अनुमति दिनेगरी शुक्रबार एक कानुन पारित गरेको छ ।

    वामपन्थी दल र मानव अधिकार समूहहरूले यसको तीव्र आलोचना गरेका छन् । यो योजना धेरै वर्षदेखि बेल्जियममा चर्को बहसको विषय बनेको थियो ।

    नयाँ कानुनअनुसार प्रहरीले अध्यागमन कार्यालयका कर्मचारीसहित बेल्जियममा रहन प्रतिबन्ध लगाइएका त्यस्ता व्यक्तिको घरमा प्रवेश गर्न वा जुन ठाउँमा उनी बसिरहेका छन् त्यहाँ खानतलासी गर्न सक्नेछन् ।

    यस कानुनले ‘निष्कासन आदेशको अधीनमा रहेका’ वा ‘सार्वजनिक व्यवस्था र राष्ट्रिय सुरक्षामा खतरा पु¥याउन सक्ने’ व्यक्तिहरूलाई लक्षित गरेको हो ।

    घरमा प्रवेश गर्नुअघि अनुसन्धान न्यायाधीशबाट आदेश लिनुपर्नेछ । बेल्जियमका प्रवास मन्त्री एनेलीन भान बोसुइटले यस कानुनलाई ‘ऐतिहासिक’ बताएका छन् ।

    ‘यदि कुनै व्यक्ति हाम्रो समाजका लागि खतरा हो भने हाम्रा सेवाहरूले हस्तक्षेप गर्न सक्नुपर्छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘अवैध आप्रवासीविरुद्धको चुडेल शिकार भएको आरोपलाई अस्वीकार गरिएको छ ।’

    मानव अधिकारवादी संस्थाहरूले यस कानूनको तीव्र विरोध गरेका छन् । यसले नागरिक स्वतन्त्रता र बेल्जियमको संविधान उल्लङ्घन गर्ने उनीहरूको भनाइ छ ।

    ‘यो कानुनले अवैध रहनुलाई अपराधसँग गलत रूपमा जोडेको छ’, एमनेस्टी इन्टरनेशनल बेल्जियमले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images