काठमाडौं– नेकपा (एमाले)भित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र पार्टी पुनर्गठनको विषयमा विवाद चर्किएका बेला भक्तपुरको गुन्डुस्थित ओली निवासमा नेताहरूबीच छलफल जारी छ ।
बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरू सहभागी छन् ।
कार्यदलको प्रतिवेदनमा ओलीको नेतृत्वबारे फरक मत देखिएपछि सहमति जुटाउने प्रयास भइरहेको हो ।
महासचिव पोखरेल पक्षले पार्टी पुनर्गठनसँगै नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने विषय प्रतिवेदनमा राख्नुपर्ने अडान लिएको छ भने ओली पक्षले त्यसमा असहमति जनाएको छ ।
यसअघि कार्यदलको प्रतिवेदनलाई लिएर बल्थलीमा बसेको बैठकबाट पनि सहमति जुट्न सकेको थिएन ।
केन्द्रीय कमिटी बैठकअघि प्रतिवेदनलाई एकीकृत गर्ने प्रयास भइरहे पनि विवाद समाधान नभए बैठकको मिति प्रभावित हुन सक्ने नेताहरूको भनाइ छ ।
कार्यदलको बैठकबाट प्रतिवेदनलाई अन्तिम रूप दिने तयारीसमेत छ ।


विश्व खबर 



















