images
images
  • रवि पक्षका सांसदले सरकारको प्रतिवाद गर्दै भने– प्रम बालेन गैरजिम्मेवार

    काठमाडौं– प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारुढ र विपक्षी दुवै पक्षका सांसदहरूले सरकारको कार्यशैलीको कडा आलोचना गरेका छन् ।

    सांसदहरूले सरकार अहंकारी, धम्कीपूर्ण र गैरजिम्मेवार बनेको आरोप लगाउँदै विपद् व्यवस्थापन, महँगी नियन्त्रण, सहिद परिवारको न्याय, राजदूत नियुक्ति र कर्मचारीतन्त्रमा असफल भएको बताए ।

    प्रमुख प्रतिपक्ष दल कांग्रेस सचेतक निश्कल राईले विपत्तिको घडीमा सरकारले नागरिकको आँसु पुछ्नुको साटो पीडितको काँधमा चढेर तमासा हेरेको आरोप लगाए ।

    सांसद अर्जुननरसिंह केसीले सरकारको मौनताले पीडितको घाउमा नुनचुक छर्केको बताए ।

    रास्वपा सभापति रवि लामिछाने निकटकी सांसद रचना खतिवडाले सहिद परिवारको न्याय माग बेवास्ता गरेको भन्दै सरकारको नैतिकतामाथि प्रश्न उठाइन् ।

    सांसद रमेश प्रसाईंले महँगी नियन्त्रणमा सरकार लाचार बनेको टिप्पणी गरे ।

    यज्ञमणि न्यौपानेले राजदूत नियुक्तिमा ढिलाइलाई कूटनीतिक असफलता भने ।

    भरत पराजुलीले विपद्मा बेपत्ताको मृत्यु दर्ता गर्न कानुनी झन्झट हटाउन देवानीसंहिता संशोधनको माग गरे ।

    सांसदहरूले उच्चस्तरीय संसदीय समिति गठनमा भएको ढिलासुस्तीप्रति आक्रोश पोख्दै सरकारलाई अहंकार र प्रचारको राजनीति छाडेर नागरिकलाई केन्द्रमा राख्न चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images