images
images
  • अक्षयकुमारको बेल बटमलाई अमेजनले ४५ करोडमा किन्यो

    काठमाडौँ । बलिवुड अभिनेता अक्षयकुमारको नयाँ फिल्म बेल बटम सिनेमा हलमा रिलिजको दुइ सातामै ओटीटी प्लेटफर्ममा रोलिज हुने भएको छ ।

    बेल बटमलाई ओटीटीमा ल्याउन अमेजन प्राइमले सम्झौता गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    अब सिनेमाघरमा रिलिज भएको दुइ साता पछि अक्षयकुमारको बेल बटम अमेजन प्राइममा रिलिज हुने भएको छ । अमेजन प्राइमले बेल बटमका लागि ४५ करोडको सम्झौता भएको छ ।

    बेल बटम १९ अगस्तमा रिलिज हुने भएको छ । कोरोना महामारीका कारण सबै सिनेमा हाल नखुलेको र सिनेमा हलमा प्रयाप्त दर्शक नआएको अवस्थामा फिल्म रिलिज हुन लागेको हो ।

    तर बलिवुड फिल्मको प्रमुख केन्द्र मानिएको महाराष्ट्रमा अझै सिनेमा नखुलेकोले फिल्म अन्य राज्य र विदेशमा रिलिज हुने देखिन्छ । यस्तोमा फिल्मका प्रमुख दर्शक ओटीटी प्लेटफर्मनै हुने भएको छ ।

    बेल बटममा अक्षयकुमारका अलावा बाणी कपूर, हुमा कुरेशी, लारा दत्तालगायतको अभिनय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images