images
images
  • संघीय संसदका दुवै सदनको बैठक बस्दै, के–के छन् कार्यसूची ?

    काठमाडौं– सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ ।

    संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेदेखि बस्दैछ ।

    प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ’बालबालिका सम्बन्धि (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै, राष्ट्रिय सभाको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

    त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची छ भने विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images