images
images
  • देउवा कार्यसमितिका सबै अब गगन कांग्रेसको केन्द्रीय सदस्य, महाधिवेशन भव्य बनाइने

    काठमाडौं– गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको समितिमा रहेका सबैलाई केन्द्रीय समितिमा आउने बाटो खुला गरेको छ ।

    आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा मनोनीत गर्ने निर्णय गरेको हो ।

    बैठकको निर्णय अनुसार अब सबैलाई केन्द्रीय समितिमा आउन आह्वान हुने छ । यसरी केन्द्रीय समितिमा आएका सबै महाधिवेशनको आयोजक समितिकै रुपमा रहने बताइएको छ । यसबाट पार्टीलाई फुटबाट जोगाउन मद्दत मिल्ने अपेक्षा कांग्रेसको छ ।

    ‘महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । कुनै असहमति भएमा आफ्नो मत राख्ने र समाधान खोज्ने स्थान महाधिवेशनमा नै हो । अत: पार्टीका कोही पनि साथीहरू महाधिवेशन प्रक्रियामा नछुटुन् र पार्टीमा रहन चाहने प्रत्येक सदस्यले भाग लिने वातावरण बनोस् भन्ने नेपाली कांग्रेस चाहन्छ,’ आइतबारको बैठकको निर्णयमा भनिएको छ, ‘१५ औँ महाधिवेशनको प्रक्रियामा असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुन उत्साही पार्टीका सबै साथीहरूप्रति यो बैठक सम्मान व्यक्त गर्दछ । यस सन्दर्भमा १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय यो बैठक गर्दछ ।’

    नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधन सहित) को धारा ४ (९) बमोजिम पार्टीका महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिद्वारा १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुने क्रियाशील सदस्यहरुको नामावली सभापति गगनकुमार थापा समक्ष प्रस्तुत गरिएकोमा सो नामावलीलाई स्वीकृत गर्ने निर्णय गरिएको छ ।

    कांग्रेसले १६ देखि १९ असोजसम्म १५औं महाधिवेशनको मिति तोकेको छ । असोज ३ र ४ गते वडा तहको अधिवेशनको मिति तोकिएको छ । कांग्रेस संस्थापनले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशीलाई मान्यता दिने निर्णय गरेको छ ।

    काठमाडौँको खुल्ला मञ्चमा सम्पन्न हुने नेपाली कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक पुनर्जागरणमा सहभागी हुन सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकहरूमा बैठकले हार्दिक अपील गरेको छ ।

    809039242 1555300682436125 6643116498500440076 n 808452184 4396182537300814 8821002257893966473 n 807909872 1114478790947951 3541314623018437010 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images