images
images
  • प्रचण्डबाट बिच्किएका जनार्दन आगामी निर्वाचनमा मधेशी दलको चिन्हबाट प्रतिस्पर्धामा उत्रिने तयारी

    जनकपुरधाम– आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारी गरेको छ ।

    नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले साझा चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने तयारीलाई सामान्य चुनावी तालमेल मात्र नभई दीर्घकालीन राजनीतिक एकताको आधार भएको बताएका छन् ।

    शनिबार जनकपुरधाममा आयोजित मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अन्सारीले अहिले नौ दल एउटै मोर्चामा रहे पनि आगामी दिनमा राजनीतिक, वैचारिक र संगठनात्मक आधारमा स्थायी एकतातर्फ अघि बढ्ने बताए ।

    उनले विभाजित प्रगतिशील, लोकतान्त्रिक, वाम तथा उत्पीडित समुदायका राजनीतिक शक्तिलाई एउटै केन्द्रमा संगठित गर्नुपर्ने आवश्यकता औँल्याए ।

    साना दलमा विभाजित भएर निर्वाचनमा जाँदा परिवर्तनकारी शक्तिको प्रभाव कमजोर हुने उनको भनाइ थियो ।

    अन्सारीले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सामाजिक न्याय, समानता, समावेशिता र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने गरी मोर्चालाई राष्ट्रिय वैकल्पिक राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने बताए ।

    मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल आबद्ध छन् ।

    जनकपुरधाममा सम्पन्न भेलामा मधेस प्रदेशका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

    नेताहरूले आगामी निर्वाचनलाई राजनीतिक पुनर्संरचनाको अवसरका रूपमा लिँदै साझा कार्यक्रम, संगठन विस्तार र कार्यकर्ता परिचालनलाई तीव्रता दिने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images